फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको हाइनान भ्रमण गरेपछि नेपाली मुख्यमन्त्रीको अनुभवः विकास आफैंले गर्नुपर्ने रहेछ

(GMT+08:00) 2018-10-03 15:51:02

चीनस्थित हाइनान प्रान्तको विकास र मुख्य आर्थिक क्षेत्रलाई नियालेर फर्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, 'विकास गर्ने त आफैंले रहेछ।' मंगलबार पोखरामा गुरुङले आफैंले नगर्दासम्म केही नहुने बुझेको सुनाउनुभयो। ३० वर्षको अन्तरमा हाइनानले ठूलो प्रगति गरेको पाइएको भन्दै उहाँले भन्नुभयो, '१९८८ मा प्रान्त बनेको हाइनान कर्णालीजस्तै रहेछ। ३० वर्षको अन्तरमा हाइनानले ठूलो प्रगति गरेको छ, विकास गर्ने त आफैं रहेछ।'

स्थिर राजनीति, स्रोत साधनको व्यवस्थापन र केन्द्रिकृत शासन प्रणालीको महत्वपूर्ण भूमिकाले हाइनानले फड्को मारेको उहाँले बताउनुभयो। आफूले गण्डकी प्रदेशको पोलिसी र लगानीका क्षेत्र बताउने काम मात्रै गरेर फर्किएको उहाँको भनाइ थियो। गण्डकी प्रदेश सरकारको तर्फबाट हाइनान प्रान्तका गर्भनरलाई नोभेम्बर ११/१२ मा भ्रमण गर्न निम्तो दिइएको छ। हाइनानमा नभई पोखरामै सम्झौता गर्न चाहेको भन्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो 'मैले केही सम्झौता गरेको छैन। नोभेम्बरमा त्यहाँका गर्भनर पोखरा पुगेपछि पोखरामै सम्झौता हुन्छ।'

हइनानका गर्भनर पोखरा आएका बेला हाइनान र गण्डकी प्रदेश, दुई प्रदेशको राजधानीबीच मितेरी साइनो गाँस्ने सहमति भएको उहाँले जानकारी दिनुभयो। चीनका राष्ट्रपति सी चिनफिङले अगाडि सारेको 'वान बेल्ट वान रोड'ले विकासमा भूमिका खेलेको मुख्यमन्त्री गुरुङले बताउनुभएको अनलाइन खबरले लेखेको छ।

जानकारी तथा लेखहरु