फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ मोबाइल ब्राण्ड ह्वावेका लागि नेपालको बजार बढी प्रतिष्पर्धी

(GMT+08:00) 2018-10-04 16:44:15

चीनको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी ह्वावे टेक्नोलोजीको नेपालका लागि देशीय निर्देशक जोयस चुले अन्य मुलुकको तुलनामा नेपालको मोबाइल बजार बढी प्रतिस्पर्धी भएको भन्दै नेपालमा लगानी बढाउने बताउनुभएको छ। गुणस्तरीय उत्पादन र नवीनतम प्रविधिको विकासका लागि अनुसन्धानमा विश्वभर अर्बौ रुपैयाँ खर्च गर्दै आएको ह्वावेले नेपालमा आफ्नो बजार हिस्सा बढाउन लगानी बढाउने योजना बनाएको हो।

चुले प्रतिस्पर्धी नेपाली बजारमा आफ्ना उत्पादनलाई लोकप्रिय बनाउने उद्देश्य कम्पनीको भएको बताउनुभयो। 'कम्पनीले नेपालमा लगानी बढाउने, धेरै स्थानमा रिटेल पसल स्थापना गर्ने र उपभोक्तालाई सकेसम्म खुसी बनाउने उद्देश्य राखेको छ,' निर्देशक चुले गत साता चीनको सान्जेनमा नेपाली सञ्चारकर्मीहरुसँग भन्नुभयो।

उहाँका अनुसार नोभा ३ स्मार्टफोन नेपाली बजारमा ल्याउँदा उपभोक्ताले देखाएको रुचीले कम्पनीको हौसला बढेको छ। ह्वावेका पी २० र पी २० प्रोलगायत पछिल्ला उत्पादनहरु नेपाली बजारमा आइनसकेको जानकारी दिँदै उहाँले यी स्मार्टफोन नेपालमा बिक्री सुरु गर्दा पनि नोभा ३ जस्तै रुचाइने दाबी गर्नुभयो। नेपालको मोबाइल बजार उच्च प्रतिस्पर्धी हुँदाहुँदै सरकारको अस्थिर नीतिले बेलाबेलामा समस्या आउने गरेको भन्दै उहाँले नेपाली बजारमा उधारो व्यापारले पनि समस्या हुने गरेको बताउनुभयो। ह्वावेले उच्च र नवीनतम प्रविधि राखेर मोबाइल बजारमा ल्याउने उहाँको भनाइ छ। नागरिकन्यूज डटकमका अनुसार उच्चस्तरको क्यामरा, धेरै टिक्ने किसिमको ब्याट्री, प्रोसेसर, डिजाइन, कलरलगायतमा कम्पनीले विशेष ध्यान दिने गरेको छ।

जानकारी तथा लेखहरु