फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाडपर्व नजिकिएसँगै भारतबाट फर्किएका नेपालीसँगै भारतीय रूपैयाँ पनि नेपाल भित्रिँदै

(GMT+08:00) 2018-10-04 16:44:33

चाडपर्व नजिकिएसँगै भारतबाट घर फर्किने नेपालीमार्फत दैनिक लाखौं भारतीय रुपैयाँ (भारु) मुलुक भित्रिन थालेको छ । हाल नेपालगन्ज नाका भएर घर फर्किनेहरूको लर्को छ । सातायता नेपालीहरू घर फर्किने क्रम बढेको हो। भारतमा मजदुरीका लागि गएका नेपालीहरू दैनिक करिब २ हजारभन्दा बढी फर्किरहेको सीमास्थित प्रहरीले जनाएको छ ।

खेतीपातीको काम सकिएपछि मध्यपश्चिम क्षेत्रका युवाहरू पैसा कमाउन भारत जाने गर्छन् । ३/४ महिना भारतमा मजदुरी गरी घर फर्किने १ जनाले १५ देखि ४० हजार भारुसम्म ल्याउने गरेको बताउँछन् । राम्रो काम पाएकाले त्यसभन्दा बढी कमाएर आउने गरेका छन् । कतिपय नेपाली चाडपर्वमा हुने खर्चको जोहो गर्नैका लागि भारत जाने गरेका छन् ।

नेपालगन्ज नाकाबाट प्रदेश ५ र कर्णाली प्रदेशका हजारौं नेपाली काम खोज्दै भारत जाने गरेका छन् । सहजै भारत जान सकिने भएका कारण यस क्षेत्रका नेपाली कामको खोजीमा भारत जाने गर्छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई शिव वलीका अनुसार चाडपर्वको मुखमा नेपाली धमाधम घर फर्किरहेको छन्।

खेतीपातीको कामपछि गाउँहरू युवाविहीन हुने गरेका छन् । तर, चाडपर्वका बेला भने गाउँ भरिने गरेको छ । युवाहरू घर फर्किन थालेपछि गाउँमा रौनक बढ्न थालेको छ ।

जानकारी तथा लेखहरु