फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी डलर महँगिदै गएपछि नेपाली रूपैयाँ अहिलेसम्मकै कमजोर

(GMT+08:00) 2018-10-04 16:44:52

अमेरिकी डलर सर्वाधिक बलियो हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक डलरको भाउ ११७ रुपैयाँ ६५ पैसा पुगेको छ। यसअघि ११७ रुपैयाँ ७ पैसा कायम भएको थियो। भारतीय मुद्रा कमजोर हुँदा त्यसैसँग जोडिएर नेपाली रुपैयाँ कमजोर भएको हो। भारुसँगको स्थिर बिनिमय दरका कारण भारु तलमाथि हुँदा नेपाली रुपैयाँ पनि प्रभावित हुन्छ। मंगलबारको तुलनामा डलरको भाउ करिव एक रुपैयाँले बढेको हो।

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढि मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ। नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्य बृद्धिमा यसको चाप देखिने बिजमाण्डु अनलाइनले जनाएको छ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ। भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।

जानकारी तथा लेखहरु