फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी नेपालको एउटा जलविद्युत आयोजना पनि चीनलाई बनाउन दिइने

(GMT+08:00) 2018-10-04 16:45:12

सरकारले चालू वर्षको बजेटमा प्रस्ताव गरेको तमोर चिसाङ सिँचाइ आयोजनालाई असर पर्ने गरी ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाएको छ। बजेटअनुसार तमोर जलाशयको पानी डाइभर्सन गरी झापा र मोरङका ३० हजार हेक्टरभन्दा बढी सिँचाइ गर्ने उद्देश्य छ। तर, यस सिँचाइ आयोजनालाई समेत असर गर्नेगरी फेरि चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा यस आयोजना दिन लागिएको कारोबार अनलाइनले लेखेको छ।

चिनियाँ कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा चीनको सिचुवान एनएचई हाइड्रोलिक एण्ड हाइड्रो इलेक्सन इन्जिनियरिङ कम्पनी लिमिटेड निवेदन दिएकोमा गत वैशाख महिनामा प्रधानमन्त्री कार्यालयले लगानी बोर्डलाई पत्र लेखेको थियो। लगानी बोर्डले प्रधानमन्त्री कार्यालय तथा हाल आयोजना अघि बढाइरहेको नेपाल विद्युत् प्राधिकरणलाई पनि पत्र लेखेको थियो। प्रधानमन्त्री कार्यालयले समेत विद्युत् प्राधिकरणलाई पत्र लेखेको थियो।

अनुमतिपत्र (लाइसेन्स) लिइसकेका आयोजनाहरूलाई असर पर्ने भन्दै विद्युत् प्राधिकरणलाई हाल २ सय ५२ मेगावाटका मात्र लाइसेन्स दिएको ऊर्जा मन्त्रालयले भने ७ सय ६२ मेगावाटमै चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा दिने गरी प्रक्रिया अघि बढाएको उच्च स्रोतले जनाएको छ। आगामी हप्ता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गर्न लागेको चीन भ्रमणअघि नै चिनियाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।

जानकारी तथा लेखहरु