फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय रेल नेपालको जनकपुरसम्म

(GMT+08:00) 2018-10-05 16:35:51

भारतीय रेल ब्रोडगेज रेलमार्गबाट बिहीबार जनकपुरसम्म आइपुगेको छ। भारतीय राजदूत मञ्जीवसिंह पुरीले जनकपुरबाट कनकपट्टीसम्म १० किलोमिटर रेल यात्रा गर्नुभयो। राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय विदेश मन्त्रालयका अधिकारीसँगै रेलमार्ग निरीक्षण गर्नुभएको थियो।

भारत सरकारको आर्थिक सहयोगमा रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा राजदूत पुरीले निरीक्षण गर्नुभएको हो। रेलमार्ग तयार भइसके पनि प्राविधिक कार्य बाँकी रहेकाले एक महिनाभित्र पूरा गर्न उहाँले निर्देशन दिनुभयो। उहाँले भारतीय पक्षबाट प्रोजेक्ट म्यानेजर सोरभ कुमारलाई यस्तो निर्देशन दिनुभएको हो।

रेल स्टेसनहरूमा शौचालय, फोहोर व्यवस्थापनलगायत कामलाई सक्दो छिटो सम्पन्न गर्न पनि उहाँले अह्राउनुभयो। रेल सञ्चालनको समयावधि नजिकिएकाले बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो। भारतको इरिकन इन्टरनेसनल कम्पनीले रेलमार्गमा प्राविधिक पक्ष हेर्दै आएको छ। ३४ किलोमिटर रेलमार्गमा पहिलो चरणमा जयनगरबाट कुर्थासम्म १७ किलोमिटर दूरीमा रेल सेवा सञ्चालन गरिनेछ। रेल विभागले सन् २०१८ अक्टोबर महिनाभित्र रेल गुडाउने लक्ष्य लिएको छ।

पहिलो चरणमा साउन २३ गते जयनगरबाट खजुरी स्टेसनसम्म ९ किलोमिटर परीक्षण गरिएको थियो, अन्नपूर्णपोस्ट अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु