फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको शुन त जिल्लामा नेपाली फोटो प्रदर्शनी

(GMT+08:00) 2018-10-05 16:36:10

चीनको शुन त जिल्लाको पेइचाओ सहरको कल्चर सेन्टरमा नेपाली तस्बिर प्रदर्शन भइएको छ। अक्टोबर १ देखि ७ सम्म फोटो नेपाल नाम दिएर प्रदर्शनी गरिएको हो। जसमा नेपालका सुन्दर सय तस्बिरहरु प्रदर्शनीमा रहेका छन्। नेपाल पर्यटन बोर्डको अवधारणामा सुरु गरिएको फोटो नेपालको आयोजना चीनमा भएको यो दोश्रो पटक हो।

प्रदर्शनीमा चिनिया तस्बिरहरु पनि समावेश गरिएको छ। प्रदर्शनीले नेपाल र चीनबीचको सांस्कृतिक, ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने आशा पर्यटन बोर्डले गरेको छ। नेपालका विभिन्न स्थानहरु र पर्वहरुको तस्बिरहरु प्रदर्शनीमा राखिएको छ।

यसैबीच नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गरिरहेको ह्यास ट्याग फोटोनेपाल प्रदर्शनी अन्तरगत अक्टोबर महिनामा हुने प्रदर्शनीमा आइरिस फोटोग्राफरले खिचेका नेपालका तस्बिरहरु प्रदर्शनी हुने भएको छ। प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवारदेखि आयोजना हुने यस प्रदर्शनी यसपटक असोज १९–२२ मा हुँदैछ।

गैह्र आवासिय नेपाली संघसँगको सहकार्यमा हुने यस प्रदर्शनीमा ३५ फोटोहरु प्रदर्शनीमा राखिएका नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु