फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम नेपालको तनहुँमा नयाँ प्रजातिका चरा फेला

(GMT+08:00) 2018-10-05 16:36:27

पछिल्लो समय तनहुँ जिल्लामा अनेक प्रजातिका चरा भेटिएका छन्। नेपालमा पाइने ८ सय ८६ प्रजातिमध्ये गुल्मीमा मात्रै २३ प्रतिशत प्रजातिका चरा भेटिएका हुन्। जिल्लाको धार्मिक एवं पर्यटकीयस्थल रेसुंगाको जंगल र गुल्मीको पश्चिममा पर्ने अग्लो स्थान मदाने क्षेत्रमा ती चराले वासस्थान बनाएको पाइएको छ। जिल्लामा चराको सर्वेक्षण गर्ने उद्देश्यले स्थापित नेपाल पंक्षी संरक्षण संघ गुल्मीले नेपालमा पाइने अनेक प्रजातिमध्ये २३ प्रतिशत चरा फेला परेको जनाएको छ।

रेसुंगा र मदाने वन क्षेत्रमा जैविक विविधता र चरा संरक्षण अन्तर्गत रेसुंगा वन क्षेत्रमा २ सय ८ र मदाने वन क्षेत्रमा २ सय ७ प्रजातिका चरा फेला परेको संरक्षण संघ गुल्मीका सहायक परियोजा अधिकृत भरत पन्थीले जानकारी दिए। पन्थीले विश्वमै दुर्लभ प्रजातिका चरा समेत गुल्मीमा भेटिएको बताए। विश्वमै दुर्लभ प्रजातिका चरामध्ये रेसुंगा वन क्षेत्रमा गोमायुमहा चिल, सुन गिद्ध, सेतो गिद्ध र डंगर गिद्ध भेटिएका छन्। मदाने क्षेत्रमा पनि दुर्लभ चरामध्ये लोभीपापी गुरुड, गोमायुमहा चिल, सुन गिद्ध, सेतो गिद्ध र कालिज प्रजातिको चिर पाइएका छन्।

नेपालमा मात्र पाइने कांडेभ्याकुर रेसुंगा र मदाने दुवै वनक्षेत्रमा पाइने भएकाले अति संकटपुर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाउन स्थानीयले आग्रह गरेका छन्। चराप्रेमीले उक्त क्षेत्रको वन र जलाधार संरक्षणमा स्थानीय निकायले चासो दिनुपर्ने माग गरेका छन्। गुल्मीमा चराका लागि उपर्युक्त स्थान र वातवरण बनाउन सके चराको संख्यामा वृद्धी हुने डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराज न्यौपानेले बताउनुभयो।

जानकारी तथा लेखहरु