फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग सीमा जोडिएको रसुवा जिल्लामा आउँदो महिनादेखि सुक्खा बन्दरगाह निर्माण शुरू हुने

(GMT+08:00) 2018-10-06 15:14:37

रसुवाको टिमुरेमा अर्को महिनाबाट सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर प्रमोद आचार्यले नोभेम्वरबाट निर्माण सुरु हुने जानकारी दिनुभयो। उहाँका अनुसार, जनवरीमै चीन र नेपालका बीचमा डिजाइन फाइनल भैसकेको छ। डिजाइन फाइनल भएपछि चिनियाँ पक्षले कन्स्ट्रयाक लगायतका प्राविधिक कामहरु सकेर अक्टोबरबाट निर्माण गर्ने नेपाललार्इ जानकारी गराएको थियो। तर केही प्राविधिक तयारी गर्नुपरेका कारण एक महिना ढिला भएको हो।

समितिका अनुसार चिनियाँ पक्षले सबै प्राविधिक तयारी गरेको मौखिक जानकारीसमेत गरार्इसकेको छ। केहि साताभित्रै चिनियाँ प्राविधिकहरु नेपाल आउँदैछन्। निर्माण थाल्नुअघि नेपाली पक्षसँग छलफलका लागि चिनियाँ पक्ष नेपाल आउन लागेको हो। सन् २०१४ मा नेपाल र चीनका बीचमा सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता भएको थियो। त्यसको एक बर्षपछि २०१५ डिसेम्वरमा डिजाइन बनाउने सम्झौता भएर काम अघि बढेको थियो।

चिनियाँ कम्पनी द आर्किटेकचरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्ट्रिच्युट अफ टिबेटले बन्दरगाहको स्टिमेट डिजाइन तयार पारेको थियो। डिजाइनमाथि गत जनवरीमा चीन र नेपालका बीचमा द्वीपक्षीय छलफल भएको थियो। चीनको छेन्दुमा भएको छलफलपछि डिजाइन फाइनल गर्दै नेपाल र चीनका बीचमा बन्दरगाह निर्माण अघि बढाउने गरी सहमति भएको थियो।

बिजमाण्डु अनलाइनका अनुसार सहमतिपत्रमा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका तत्कालिन कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले हस्ताक्षर गर्नुभएको थियो। दुर्इ बर्षमा सम्पन्न गरेर चिनियाँ पक्षले नेपाललार्इ बुझाउने गरि सम्झौता भएको हो।

सिन्धुपाल्चोकस्थित तातोपानी नाका भुकम्पकले क्षति पुर्याएका कारण बन्द भएपछि रसुवागढी नाकालार्इ चीनले प्राथमिकतामा राखेको छ। अहिले चिनियाँ सामनहरु रसुवागढी नाका हुँदै नेपाल भित्रने गरेका छन्। नेपाल चीन जोड्ने एउटा यही नाका मात्रै हाल संचालनमा रहेको छ। समितिका अनुसार बन्दरगाह ८ हेक्टर क्षेत्रफलमा बन्ने छ। संरचना निर्माण गर्नका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधरणको ३ हेक्टर जमिन अधिग्रहण गरिसकेको छ।

बन्दरगाह निर्माण गर्नका लागि आवश्यक लगानी चीनले गर्ने छ। निर्माण सकेपछि चिनियाँ पक्षले नेपाललार्इ हस्तान्तरण गर्नेछ। यसको डिजाइन समेत चीनले आफ्नै लगानीमा तयार पारेको हो। फाइनल डिजाइन अनुसार बन्दरगाहमा एउटा मुख्य भवन हुनेछ। भवन पाँचतले हुनेछ। भवनमा प्रशासनिक, क्वारेनटाइन, अध्यागमन विभाग, ल्याव, बैंक लगायतका कार्यालयहरु रहनेछन्। ७ सय ५० वर्गमिटरको गोदाम घर निर्माण हुनेछ।

३ सय ५० भन्दा बढी कन्टेनरहरु राख्ने क्षमताको पार्किङ निर्माण हुनेछ। रसुवागढी नाकाबाट केरुङ २६ किलोमिटर टाढा पर्छ। टिमुरेमा बन्न लागेको बन्दरगाह र रसुवागढीको दूरी करिव २ किलोमिटर छ।

जानकारी तथा लेखहरु