फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी नेपालको विराटनगरमा एक महिनाभित्रै भारतीय रेल गुड्ने

(GMT+08:00) 2018-10-06 15:14:58

भारतको बथनाहाबाट विराटनगरमा रेल आउने समय नजिकिँदै छ। विराटनगर र बथनाहा अब एक महिनाभित्र रेलमार्गले जोडिने भएका छन्। नेपालको रेल विभाग र भारतीय विदेश मन्त्रालयको टोलीले शुक्रबार संयुक्त रूपमा बथनाहाबाट विराटनगर–१८ बुधनगर भन्सार यार्डसम्म निर्माणाधीन रेलमार्ग अनुगमन गरेका छन्। दुवै देशका अधिकारीले एक महिनाभित्र बथानाहाबाट बुधनगरसम्म रेल सञ्चालन हुने अन्नपूर्णपोस्ट अनलाइनले लेखेको छ।

नेपालले जग्गा उपलब्ध गराउने र भारतले भौतिक पूर्वाधारमा लगानी गर्दै मोरङको कटहरी गाउँपालिकासम्म ब्रोडगेज रेलमार्ग बनाउन सम्झौता भएको थियो। सम्झौताअनुसार भारत सरकारले ४ अर्ब ४८ करोड लागतमा रेलमार्ग निर्माणका लागि फारवेसगन्जको इरकोण इन्टरनेसनललाई ठेक्का दिएको थियो। नेपाल सरकारसँगको सम्झौताअनुरूप भारतीय पक्षले धमाधम रेलमार्ग निर्माणको काम गरिरहेको जनाइएको छ।

सम्भव भए अक्टोबर अन्त्य र नभए नोभेम्बर पहिलो साताभित्र रेल सञ्चालन हुने गरी काम भइरहेको इरकोणले जनाएको छ। कम्पनीका महाप्रबन्धक प्रदीप कुमारले बथनाहाबाट बुधनगर भन्सार यार्डपूर्व लाबाघाटसम्म ७.६ किलोमिटर क्षेत्रमा रेलको पटरी राखिसकिएको बताउनुभयो। बुधनगरबाट भन्सार यार्डसम्म रेल ल्याउने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको छ। उहाँका अनुसार अक्टोबर ३१ मा रेल सेवा परीक्षण गर्ने तयारी छ, नभए पनि नोभेम्बर पहिलो साताभित्र ७.६ किलोमिटरमा रेल सञ्चालनमा आउनेछ।

जानकारी तथा लेखहरु