फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको शान्ति प्रक्रियाबारे बुझ्न म्यानमारको टोली काठमाडौँमा

(GMT+08:00) 2018-10-06 15:15:16

आन्तरिक द्वन्द्व झेलिरहेको दक्षिण–पूर्वी एसियाली बर्माले टोली नेपालीको शान्ति प्रक्रियाको बारेमा बुझ्न काठमाडौँ आएको छ। दुई बर्मेली मन्त्रीसहितको सो टोलीले नेपालको शान्ति प्रक्रिया कसरी सम्पन्न भयो भनेर शान्ति प्रक्रियामा संलग्न पक्षहरुसँगको भेटमा जिज्ञाशा राख्ने गरेको नेपालखबर अनलाइनले जनाएको छ।

बर्मेली टोलीको मुख्य चासो नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजन कसरी भयो भन्ने रहेको जानकारहरुले बताए। 'उहाँहरुको मुख्य चासो नेपालमा शान्ति प्रक्रिया कसरी सम्पन्न भयो' नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले भन्नुभयो, 'त्यसमा पनि सेना समायोजना कसरी संभव भयो भन्ने छ।'

शर्माका भनाईमा, नेपाल कसरी युद्धबाट शान्तितर्फ प्रवेश गरेको थियो भन्ने कुरा द्वन्द्वग्रस्त धेरै मुलुकका लागि चासोको विषय बनेको छ। सेना संयोजन प्रविधिक समितिको प्रमुख रहेका शर्माले बर्मेली टोलीको नेपाल भ्रमणको चाँजोपाँजो मिलाएका छन्। दुई बर्मेली मन्त्रीसहितको १९ सदस्यीय टोलीमा उच्च सैन्य पदाधिकारी, विद्रोही नेता, नागरिक समाजका प्रतिनिधि तथा अन्य अधिकारीहरु सहभागी छन्।

'म्यान्मार ज्वाइन्ट मोनिटरिङ कमिटी युनियन लेभल सिजफायर' का सदस्यहरुले नेपालको शान्ति प्रक्रियाका संलग्न रहेका विभिन्न पक्षसँग भेट गरेका छन्। अनुसार सत्तरी वर्षदेखि आन्तरिक द्वन्द्व झेलिरहेको रहेको बर्मामा विभिन्न १६ विद्रोही समूहले आफ्नै लडाकू समूह बनाएका छन्। तीमध्ये दश वटा समूह र सरकारबीच युद्धविराम सम्झौता भएको छ।

जानकारी तथा लेखहरु