फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पहिलो पटक हुने प्याराग्लाइडिङ विश्वकपमा ३० देशले भाग लिने

(GMT+08:00) 2018-10-07 15:29:02

नेपालमै पहिलो पटक प्याराग्लाइडिङको वल्र्डकप गर्ने अवसर पाएको पोखराले अन्ततः व्यवसायी र पोखरा महानगरपालिकाबीचको टकरावले गर्दा उक्त प्रतियोगिता स्याङ्जाको स्वरेक मैदानमा हुने भएको छ।

विश्वमै प्याराग्लाइडिङको उत्कृष्ट पाँच मध्यमा पर्ने पोखरामा यसअघि प्याराग्लाइडिङको प्रि वल्र्डकप (एफएआई क्याटागोरी टु) समेत सम्पन्न भई वल्र्डकपको तयारी हुदै गर्दा महानगरपालिका र व्यवसायीहरूकाबीच करको विषयमा विवाद टुंग्याउन नसक्दा अन्ततः उक्त प्रतियोगिता पोखरादेखि करिब ७५ किलोमिटर टाडाको दूरी स्याङ्जामा उक्त प्रतियोगिता हुने भएको हो।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव तथा उक्त प्रतियोगिताका संयोजकसमेत रहेका सैलेन्द्र रावतले पोखरा महानगरपालिकाले जग्गा उपब्ध गराउन नसक्दा पोखरामा हुने उक्त प्रतियोगिता स्याङ्जामा हुने भएको बताउनुभयो।

यस विषयमा पोखरा महानगरापालिकाका उपमेयर मन्जुदेवी गुरुङले उक्त प्रतियोगिताका लागि आफूहरूसहितको टोलीले जग्गा अवलोकन गरे पनि प्रतियोगिता आयोजक र व्यवसायीहरूले महानगरपालिकासँग पछि कुनै समन्वय नगरेको बताउनुभयो। उक्त वर्ल्डकपमा प्याराग्लाइडिङको एकुरेसी (स्पट ल्यान्डिङ ) व्यक्तिगत र समूहतर्फको महिला तथा पुरुष गरी ४ वटा स्वर्ण पदकका लागि वल्र्डकप हुने भएको संयोजक रावतले जनाउनुभयो।

कारोबार अनलाइनका अनुसार उक्त प्रतियोगितामा करिब ३० देशका एक सय ५० भन्दा बढी प्याराग्लाइडिङका पाइलटहरूका सहभागी हुनेछन्।

युरोपका र एसियाका महिला तथा पुरुष प्याराग्लाइडिङ पाइलटहरूको सहभागिता रहने उक्त प्रतियोगितामा हालसम्म करिब ७० भन्दा बढी प्याराग्लाइडिङका पाइलटहरूले अनलाइनमार्फत नाम दर्ता गराएको रावतले जनाउनुभयो।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ प्रतियोगिता पोखरामा हुने निर्णय भए पनि यस्तै विवाद चुलिँदै गएमा पोखरामा हुने सम्भावना न्यून रहेको छ। त्यसैगरी साफ गेम्ससमेत नेपालमा हुने र प्याराग्लाइडिङ पनि पोखरामा हुने प्रवल सम्भावना छ तर यस्तै विवाद भएमा पोखराको विकल्प अन्यत्र हुन सक्ने बताइन्छ।

जानकारी तथा लेखहरु