फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम नेपालको दाङ जिल्ला सिमेन्ट उत्पादनको केन्द्र बन्दै

(GMT+08:00) 2018-10-07 15:29:19

कुनै समय औद्योगिक विकासमा पछि परेको दाङ अहिले सिमेन्ट उत्पादनको केन्द्र बनेको छ। पहाडी भेगमा रहेको चुुनढुंगा खानीलाई मुख्य केन्द्र बनाउँदै जिल्लाको तराई क्षेत्रमा सानाठूला सिमेन्ट उद्योग खेल्ने क्रम बढिरहेको छ। यसले दाङलाई सिमेन्ट उद्योगको हबका रूपमा चिनाउँदै छ।

२०६५ सालदेखि दाङमा सिमेन्ट उद्योग खुल्न थालेका हुन्। १० वर्षको अवधिमै सात सिमेन्ट उद्योग सञ्चालनमा आइसकेका छन्। यीमध्य केहीले उत्पादनसमेत थालिसकेका छन् भने केही तयारीमा छन्। जिल्लामा स्थापित उद्योग १ अर्बदेखि १३ अर्ब रुपैयाँसम्मको लगानीमा छन्। जिल्लामा सिमेन्ट उद्योगमा मात्रै हालसम्म ५८ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।

जिल्लामा स्थापित घोराही सिमेन्ट, सोनापुर सिमेन्ट र सम्राट् सिमेन्ट उद्योगले आफ्ना उत्पादन केही वर्ष अघिदेखि नै बजारमा ल्याइसेका छन्। दाङलाई आधार बनाएको तर पूर्वाधार अर्घाखाँचीमा स्थापना भएको शुभ श्री अग्नि सिमेन्टले पनि आफ्नो उत्पादन बजारमा ल्याइसकेको जानकारी दिएको छ।

रोल्पा सिमेन्टले पनि उत्पादन बजारमा ल्याएको छ। जिल्लामा स्थापित दाङ सिमेन्ट उद्योग, अरनिको आँबुखैरेनी सिमेन्ट उद्योग भने सञ्चालनमा आउन सकेका छैनन्। जिल्लामा सञ्चालित सिमेन्ट उद्योगले जिल्लालाई सिमेन्टमा आत्मनिर्भरसमेत बनाएका छन्। १० वर्षको अवधिमै सात सिमेन्ट उद्योग सञ्चालनमा आइसकेका छन्। यीमध्य केहीले उत्पादनसमेत थालिसकेका छन् भने केही तयारीमा छन्।

जानकारी तथा लेखहरु