फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आत्मरक्षाका लागि सुदूर पश्चिमका महिलाहरू तालिम लिँदै

(GMT+08:00) 2018-10-07 15:29:36

बलात्कारका घटना बढिरहँदा राष्ट्रिय गोजुरियो कराँते-दो संघले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार हजार जना किशोरी र महिलाका लागि 'उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८' अन्तर्गत आत्मरक्षाको तालिम दिन थालेको छ। तर तालिममा झण्डै डेढ हजार सहभागी छन्।

उनीहरूलाई पहिलो दिन भएकाले सामान्य रूपमा आफूलाई कसैले समात्न खोजे कसरी 'डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जाने जस्ता कौशल सिकाइएको थियो।

पहिलो दिन भएकाले सामान्य रूपमा आफूलाई कसैले समात्न खोजे कसरी 'डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जाने जस्ता कौशल सिकाइएको थियो।क्याम्पमा विभिन्न विद्यालयका गरी १५ सय हाराहारीमा किशोरीहरूको सहभागिता छ। क्याम्पमा किशोरी मात्र होइन, महिला पनि सहभागी छन्।

निर्मला पन्तको बलात्कार र हत्याले यो तालिम आवश्यक भएको राष्ट्रिय गोजोरियो कराते दो संघले जनाएकोछ। नेपाल प्रहरीकाअनुसार सुदूरपश्चिमका कैलाली कञ्चनपुर, बैतडी, डडेलधुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङमा गत आव २०७४-७५ मा १४ सय ८० बलात्कारका मुद्दा दर्ता भएका छन्।

जानकारी तथा लेखहरु