फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दशैँमा १३ अरबको नयाँ नोट साँटिने अनुमान

(GMT+08:00) 2018-10-08 15:01:22

नेपाल राष्ट्र बैंकले यो बडा दशैँमा ५ देखि एक सय सम्मका नयाँ नोटका लागि झण्डै १३ अरबको नयाँ नोट साटिने अनुमान गरेको छ। साथै ५ सय र एक हजारका गरी ५८ अरब रुपैयाको नया नोट बैंकहरु मार्फत पेमेन्ट हुने अनुमान पनि गरिएको छ।

सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ। हिजो आइतबारबाट नयाँ नोट सटही सुरु भइसकेको छ।

यस वर्ष पनि नोट सटहीको व्यवस्था अनुसार ५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ साटन पाउने भएको छ। साथै राष्ट्र बैंकले विगतमा जस्तै उपत्यकाभित्र र बाहिर गरी २९ गतेसम्मका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ।

जानकारी तथा लेखहरु