फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन

(GMT+08:00) 2018-10-08 15:02:19

ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ। यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज असोज २२ गते बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको गोरखापत्रअनलाइनले लेखेको छ।

सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको र सुविधायुक्त सोफा सिट रहेको बसमा चर्पीदेखि चुरोट पिउने कोठासम्म रहेको पनि बताइएको छ।

काठमाडौँको गौशालाबाट बिहान ६:३० बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने छ।

टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्यले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–लुम्बिनी बस सेवाले ठूलो सहयोग पुग्ने बताए।

काठमाडौँबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल एक सय हाराहारीका बसले यात्रुलाई सेवा दिइरहेका छन्।

जानकारी तथा लेखहरु