फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केरुङ जान रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा पाउने

(GMT+08:00) 2018-10-11 14:42:28

चीनको केरुङ जानका लागि रसुवा बाहिरका नागरिकले एक दिने प्रवेशाज्ञा (वान डे पास) पाउने भएका छन्। रसुवाबासीलाई भने चीन सरकारले एक वर्षको पास उपलब्ध गराउँदै आएको छ।

हाल बाहिरी जिल्लाका नागरिकले एक दिने पास नपाउँदा व्यापारिक कारोबारमा समस्या भोग्दै आएका छन्। बुधबार चीनको केरुङमा भएको सीमा सुरक्षा बैठकमा चिनियाँ अधिकारीले एक दिने पासका लागि ट्रान्सपोर्टेसन एग्रिमेन्टको प्रक्रिया सुरु भएको जानकारी दिएको नागरिकन्यूजले लेखेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले लामो समयदेखि वान डे पासको विषयमा कुरा उठ्दै आए तापनि यस पटकको बैठकमा प्रक्रिया सुरु भएको जानकारी आएको भन्दै यसले व्यापारमा सहजीकरण हुने बताए।

बैठकमा पाँचवटा विषयमा छलफल भएको छ। वान डे पास, चेलिबेटी बेचबिखन, अवैध सामग्री ओसारपसार नियन्त्रण, चीन सरकारले जिम्मा लिएको विद्यालय निर्माण र भाषागत क्षमताको विकास लगायतका विषयमा छलफल भएको प्रजिअ पौडेलले बताए।

साथै चीनको केरुङमा सञ्चालित होटल तथा बारमा जिल्लाका चेलिबेटीलाई यौन धन्दामा लगाइएको पाइएमा फिर्ता गर्ने चिनियाँ अधिकारीले जानकारी दिएका छन्। जिल्लाको २७ जना किशोरी केरुङमा कार्यरत छन्।

जानकारी तथा लेखहरु