फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दसैँलाई चार ठाउँमा चौपाया स्वास्थ्य परीक्षण

(GMT+08:00) 2018-10-11 14:44:27

काठमाडौँ महानगरपालिकाले बुधबारदेखि दसैँ लक्षित खसीबोका, भेडा च्याङ्ग्राहरूको स्वास्थ्य परीक्षण सुरु गरेको छ। महानगरले दसैँका लागि काठमाडौँका चार नाकाबाट भित्रिएका खसी, बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्न पशु चिकित्सकसहितको चारवटा छुट्टाछुट्टै टोली नाकामा बसेर चौपायाको स्वास्थ्य परीक्षण सुरु गरेको छ।

चौपायाको स्वास्थ्य परीक्षणका लागि एक जना पशु चिकित्सकका साथमा नेपाल प्रहरी, महानगरी प्रहरी, जनस्वास्थ्य महाशाखा, ट्राफिक प्रहरीको टोली खटिएको महानगरपालिकाले जनाएको छ। स्वास्थ्य परीक्षणमा खटिएको टोलीले बिक्रीका लागि ल्याइएका चौपायाको स्वास्थ्य परीक्षण गरी चौपाया निरोगी भए सिङमा हरियो चिन्ह र रोगी भए सिङमा रातो चिन्ह लगाउने काम गरेको छ।

बुधबार काठमाडौँमा मासुका लागि भित्रिएका करिब साढे दुई हजार खसी, बोका, च्याङ्ग्रामध्ये तीनवटा रोगी भएकाले रातो चिन्ह, बाँकी सबै निरोगी भएकाले हरियो चिन्ह प्राप्त गरेका छन्। सबैभन्दा बढी कङ्लकीको खसीबजारमा भित्रिएको पाइएको गोरखापत्रअनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु