फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोलखामा ८० हजार वृक्षारोपण

(GMT+08:00) 2018-10-11 14:45:14

दोलखा जिल्ला वन कार्यालय र मातहतका कार्यालयबाट ०७४/७५ आर्थिक वर्षमा ८० हजार बिरुवा उत्पादन तथा वितरण भएको छ। जुन २०.४६ हेक्टर क्षेत्रका विभिन्न सामुदायिक वनमा वृक्षारोपणसमेत भएको छ।

साथै पछिल्लो आर्थिक वर्षमा जिल्लाबाट ६ लाख ४८ हजार क्युफिट काठ उत्पादन तथा बिक्री भएको छ। उत्पादन भएका काठमध्ये झण्डै २ तिहाइ काठ सामुदायिक वनबाट निकालिएको छ। साविकको जिल्ला वन कार्यालय दोलखाले आव ०७४/७५ मा सञ्चालन गरेका कार्यक्रम तथा प्रगतिका बारेमा डिभिजन वन प्रमुख गोविन्द दाहालले सामुदायिक वनबाट ३ लाख ५० हजार र निजी क्षेत्रबाट २ लाख ९८ हजार क्युफिट काठ उत्पादन तथा निकासी भएको जानकारी दिए।

त्यसैगरी निजी क्षेत्रबाट उत्पादित काठवापत ४१ लाख ५२ हजार रुपैयाँ राजस्वसमेत संकलन भएको छ।

यहाँ डिभिजन वन कार्यालय दोलखाअन्तर्गत ३८४ वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन्। त्यसै गरी गत आर्थिक वर्ष ४ वटा नयाँ हस्तान्तरणसमेत भएका छन्। त्यसैगरी कबुलियती वन समूह १८५ वटा, निजी वन २७ वटा र धार्मिक वन समूह २ वटा गठन तथा हस्तान्तरण भएको कारोबारदैनिकले लेखेको छ।

साथै हिमाली क्षेत्रमा पहिलो पटक दोलखामा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएका छन्। भीमेश्वर नगरपालिका–६ मा रहेको खोरथली सामुदायिक वनबाट यसको सुरुवात भएको छ। गत वर्ष विगतका तुलनामा वन क्षेत्रमा आगलागी ६० प्रतिशत नियन्त्रण गर्न सफल भएको समेत दाबी गरिएको छ।

जानकारी तथा लेखहरु