फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङद्वारा ताजिकिस्तानको भ्रमण सुरु

(GMT+08:00) 2018-10-11 19:41:33

ताजिकिस्तानका प्रधानमन्त्री कोखिर रासुलजोडाको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग ११ तारिख दिउँसो ताजिकिस्तानको राजधानी दुशान्बेमा पुग्नुभएको छ। उहाँले ताजिकिस्तानमा आयोजना हुने शाङहाई सहयोग संगठनअन्तर्गत प्रधानमन्त्री समितिको १७ औं बैठकमा सहभागी हुनुका साथै ताजिकिस्तानको औपचारिक भ्रमण गर्नुहुनेछ।

ताजिकिस्तानका प्रधानमन्त्री कोखिर रासुलजोडाले उच्च सरकारी पदाधिकारीको साथमा विमानस्थलमा प्रधानमन्त्री लीको स्वागत गर्नुभएको छ।

भ्रमणको अवसरमा ताजिकिस्तानका नेतागणसँग द्विपक्षीय सम्बन्ध र विभिन्न व्यावहारिक सहयोगलाई गहन पार्ने विषयबारे वैचारिक आदान-प्रदान गर्ने प्रतिक्षामा रहेको प्रधानमन्त्री लीले बताउनुभएको छ। चीनले विभिन्न पक्षसँग "शाङहाइ भावना"को पालना गर्दै शाङहाइ सहयोग संगठनको स्थीरताका साथ विकास गर्ने इच्छा लिएको छ।

जानकारी तथा लेखहरु