चिनियाँ मुख्य भन्सार प्रशासनबाट १२ तारिख प्रकाशित तथ्याङ्कका अनुसार, चालू वर्षको तीन त्रैमासिक कालमा चिनियाँ माल-सामानको निर्यात-आयात रकम २२२ खर्ब ८०अर्ब चिनियाँ युआन पुगेको र गत वर्षको सोहि अवधिको तुलनामा ९.९ प्रतिशत वृद्धि भएको छ। त्यसमध्ये निर्यात रकम ११८ खर्ब ६० अर्ब चिनियाँ युआन र आयात रकम १०४ खर्ब २० अर्ब चिनियाँ युआन हुन्। गत वर्षको तुलनामा निर्यात र आयात रकम क्रमशः ६.५ प्रतिशत र १४.१ प्रतिशत बढेका छन्। त्यसै गरी व्यापारिक नाफा १४ खर्ब ४० अर्ब चिनियाँ युआन पुगेको तर २८.३ प्रतिशतले घटेको जनाइएको छ।
त्यसका साथै तथ्याङकका अनुसार, तेस्रो त्रैमासिकमा चीनको निर्यात-आयात रकम ८१ खर्ब ७० अर्ब चिनियाँ युआन पुगेको र दोस्रो त्रैमासिकको भन्दा १३.८ प्रतिशतले बढेको छ। त्यसै गरी वृद्धि गति पहिला दुई त्रैमासिक समयको तुलनामा स्पष्ट बढेको छ।