फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युनेस्कोअन्तर्गत तेस्रो बालिका तथा महिला शिक्षाको विकास पुरस्कार समारोहमा फङ ली युआनद्वारा सन्देश व्यक्त

(GMT+08:00) 2018-10-12 16:26:06

राष्ट्र संघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन अर्थात् युनेस्कोअन्तर्गत तेस्रो बालिका तथा महिला शिक्षाको विकास पुरस्कार समारोह ११ तारिख फ्रान्सको पेरिसमा आयोजित भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती एवम् बालिका तथा महिला शिक्षाका लागि युनेस्कोका विशेषदुत फङ ली युआनले उक्त पुरस्कार समारोहलाई आफ्नो सन्देश पठाउनुभएको छ।

फङले पुरस्कार समारोहको सफल आयोजनाका साथै पुरस्कृत जमैकाको जमैका महिला केन्द्र तथा इजिप्टको मिस्र एल खैयर कोषलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँका अनुसार, बालिका र महिलाको शिक्षा एउटा महान कार्य हो। बालिका र महिलाको शिक्षाको विकासद्वारा बालिका र महिलालाई पुरुषजस्तै आफ्नो निहित शक्तिको विकास गर्ने समान मौका प्रदान गर्छ र यो सन् २०३० विश्वव्यापी दिगो विकास लक्ष्यलाई साकार तुल्याउने महत्वपूर्ण विषय र कदम हो। युनेस्कोअन्तर्गत तेस्रो बालिका तथा महिलाको शिक्षा पुरस्कारले उक्त महान कार्यमा अझ बढी मानिसको सहभागितालाई प्रेरित गर्न विशेष र महत्वपूर्ण भूमिका खेलेको छ। शिक्षामा निष्पक्षता र बालिका तथा महिलालाई सहयोग गर्नका लागि सदिच्छापूर्ण योगदान दिने र अथक प्रयास गर्ने पुरस्कार विजेताहरुको भावना निकै प्रशंसनीय छ।

युनेस्कोअन्तर्गत बालिका तथा महिलाको शिक्षा पुरस्कार चीन सरकारको प्रस्ताव र पूँजीमा स्थापित भएको हो। यो पुरस्कार उक्त क्षेत्रमा युनेस्कोको पहिलो पुरस्कार पनि हो।

जानकारी तथा लेखहरु