फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आबेको चीन भ्रमणले चीन र जापानको राजनीतिक पारस्परिक विश्वास उकास्ने र दुई मुलुकको सम्बन्धलाई नयाँ विकासको बाटो प्राप्त हुने चीनको आशा

(GMT+08:00) 2018-10-12 19:20:52

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले १२ तारिख चीनका प्रधानमन्त्री ली ख छ्याङको निमन्त्रणामा जापानी प्रधानमन्त्री सिन्चो आबेले अक्टोबर २५ तारिखदेखि २७ तारिखसम्म चीनको ‌‌‌औपचारिक भ्रमण गर्नुहुने बताउनुभएको छ। लु खाङले प्रधानमन्त्री आबेको भ्रमणले दुई मुलुकको राजनीतिक पारस्परिक विश्वासलाई माथि उकास्ने, विभिन्न क्षेत्रमा दुई मुलुकको व्यावहारिक सहयोगलाई सबल पार्ने, चीन र जापानको सम्बन्धलाई उचित मार्गमा पुनःफर्काउने आधारमा नयाँ विकास प्राप्त हुने आशा चीनले लिएको बताउनुभएको छ।

लु खाङले हालैका समययता चीन र जापानबीचको उच्चस्तरीय आदान-प्रदान र विभिन्न क्षेत्रको आदान-प्रदान क्रमशः वृद्धि भएको, विश्वका मुख्य आर्थिक समूहको रुपमा चीन र जापानले आर्थिक तथा व्यापारिक सहयोगलाई सबल पा‍र्नु आ-आफ्ना हितसित अनुकूल हुनुका साथै विश्वको आर्थिक तथा व्यापारिक विकासका लागि हितकर भएको बताउनुभयो। चीनले जापानी उद्योग-व्यवसायलाई चीनतर्फ थप लगानी लगाउन स्वागत गरेको पनि लुले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु