फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले अमेरिकालाई आफ्नो मानव अधिकार मामिला हेर्न आग्रह

(GMT+08:00) 2018-10-12 19:21:49

चीन सरकारले मानव अधिकारको सुरक्षा तथा विकासमाथि अविच्छिन्न रुपमा उच्च महत्व दिनुका साथै चिनियाँ नागरिकले कानूनबमोजिम व्यापक अधिकार, लाभ र स्वतन्त्रताको उपभोग गरेका छन्। चीनले अमेरिकालाई आफ्नो देशभित्रको मानव अधिकार समस्या केलाउन आग्रह गर्नुका साथै तथाकथित मानव अधिकारको नाम प्रयोग गरी अरु देशको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्न पनि भनेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले १२ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

हाल अमेरिकी नेतागणले सम्बोधनमा चीनको स्वतन्त्रता तथा मानव अधिकार मामिलाको आलोचना गरेका थिए। मानव अधिकारको मामिलामा अमेरिकाको पनि धेरै समस्या हुनुका साथै अमेरिकाले राष्ट्र संघको केही विभाग तथा संस्थाबाट आफूलाई हटाएको छ। त्यसैले अमेरिकाले अरु देशलाई सिकाउने अधिकार नभएको विचार प्रवक्ता लुले राख्नुभएको छ।

जानकारी तथा लेखहरु