फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको समाचार पत्रद्वारा चिनियाँ उत्पादनबारे दुस्प्रचारको प्रयास

(GMT+08:00) 2018-10-16 17:15:10

अमेरिकाको ब्लुमवर्ग व्यापारिक समाचार पत्रको एउटा झूटो समाचार अनुसार चीनले गोप्य सूचना चोर्नका लागि एउटा माइक्रो मिनि चिप्स अमेरिकाका तीस वटा कम्पनीका उत्पादनमा जडान गरेको विषय उल्लेख गरेको छ। तर एप्पल, अमेजन समेत सो समाचारमा लेखेका कम्पनीहरूले छिटो रूपमा एउटा प्रस्ताव प्रस्तुत गरेको र सो प्रस्तावमा कम्पनीका उत्पादनमा कुनै बाह्य चिप्स नराखिएको कुरा स्पष्टरूपमा जनाइएको छ। साथै यी कम्पनीहरूले ब्लुमवर्ग व्यापारिक समाचार पत्रको झूटा समाचारको कडा निन्दा गरेका छन्।

एप्पल कम्पनीको प्रस्ताव अनुसार गत वर्षदेखि ब्लुमवर्ग समाचार पत्रले धेरै पटक एप्पलका उत्पादनको संरक्षण भएको समस्यासित सम्बन्धित समाचार लेखेको थियो तर एप्पल कम्पनीको सेवा मशिनिङमा कुनै दुर्भावनापूर्ण चिप्स खोजेको थिएन र सो व्यापारिक समाचार पत्रको विषय वास्तविक नभएको कुरा प्रस्तुत गरेको छ।

अमेजन कम्पनीका अनुसार ब्लुमवर्ग व्यापारिक समाचार पत्रबाट लेखिएको विषयको विश्वास नभएको र सो समाचारमा कुनै प्रमाण पाउन नसकिने कुरा पनि लेखिएको छ।

यस बाहेक ब्लुमवर्ग समाचार पत्रले अमेरिकी सुपर माइक्रो कम्पनीबाट चीनमा उत्पादन गरेको मदरबोर्डभित्र चिनियाँ ह्याकर चिप्स राखिएको कुरा पनि लेखेको छ। अमेरिकी सुपर माइक्रो कम्पनीले उत्पादित सामानहरूमा कुनै दुर्भावनापूर्ण चिप्स नखोजेको कुरा स्पष्ट पारेको छ।

जानकारी तथा लेखहरु