फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र रुसबीचको साझेदारी सम्बन्ध निकै दृढ र अटल रहेको चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2018-10-17 19:22:57

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सत्र तारिख पैचिङमा रुसी राष्ट्रपति कार्यालयका प्रमुख आन्टोन भाइनोसँग भेटघाट गर्नुभयो। भेटका अवसरमा राष्ट्राध्यक्ष सीले वर्तमान विश्व परिस्थितिमा चीन र रुस दुवै पक्षले दुई देश बीचको दृढ साझेदारी सम्बन्धको अझ माया गर्नुका साथै अटलताका साथ विभिन्न क्षेत्रमा रहेका आपसी सहकार्यलाई गहन पार्दैजाने आशा व्यक्त गर्नुभएको छ।

हाल चीन-रुस सम्बन्ध इतिहासको सबैभन्दा राम्रो अवधिमा रहिरहेको भन्दै राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय मामिलामा रहेका समन्वय र आदान-प्रदानलाई झन् घनिष्ट पारी नयाँ युगमा चीन-रुस सम्बन्धलाई निरन्तर रुपमा नयाँ उचाईमा पुर्‍याउँदै जाने कुरा औँल्याउनुभएको छ।

प्रत्युत्तरमा रुसी राष्ट्रपति कार्यालयका प्रमुख आन्टोन भाइनोले चीनसितको रणनीतिक सहकार्य रुसको वैदेशिक सम्बन्धमा रहेको अपरिहार्य अग्र दिशा नै हो भन्ने कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु