फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पन्ध्रौं चीन अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय एक्स्पो

(GMT+08:00) 2018-10-18 09:48:22

 

      पन्ध्रौं चीन अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय एक्स्पो चीनको उद्योग तथा सूचनाकरण मन्त्रालय,राष्ट्रिय बजार निगरानी तथा व्यवस्थापन व्युरो,क्वाङ्ग तुङ प्रान्तीय सरकारद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो। "स्मार्ट,बौद्धिकता,स्मार्ट विनिर्माण,ऊर्जास्रोतको किफायत"भन्ने मुख्य विषय रहेको यस एक्स्पोको एक लाख पचास हजार वर्गमिटर क्षेत्रफल र छ हजारभन्दा बढी प्रदर्शनी सीट रहेको छ। यस एक्स्पोको मुख्य प्रदर्शनी यसै अक्टोबर दशदेखि तेह्र तारिखसम्म क्वाङ्ग तुङ प्रान्तको क्वाङ्ग चौ शहरमा आयोजना भएको छ। चीन लगायत चालीस मुलुक तथा क्षेत्रका 3019 व्यवसायले यस एक्स्पोमा भाग लिएका छन्। जम्मा गरी दुई लाख 26 हजार जनाले यस एक्स्पोको निरीक्षण गरेका छन्। यस एक्स्पोमा पाइएको करारनामा र इच्छा-करारनामा सहयोगात्मक योजनाको कूल रकम दश अर्ब 38 करोड चिनियाँ युआन पुगेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु