फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको आर्थिक प्रणाली दक्षिण एसियामै कमजोर

(GMT+08:00) 2018-10-18 13:51:58

नेपालको आर्थिक प्रणाली दक्षिण एसियामै न्यून प्रतिस्पर्धी रहेको छ। वल्र्ड इकनोमिक फोरमले प्रकाशित गरेको विश्व प्रतिस्पर्धी सुचकांकमा नेपाल दक्षिण एसियामै कमजोर देखिएको हो। विश्वभरका १४० देशमा नेपाल १०९ औं नम्बरमा रहेको छ। यो सुचकको पहिलो नम्बरमा अमेरिका रहेको छ।

दक्षिण एसियामा भारत ५८, श्रीलंका ८५, बंगलादेश १०३, पाकिस्तान १०७ र नेपाल १०९ औं स्थानमा रहेका छन्। भुटान र अफगानस्तन नभएको यो सुचकांकमा अधिकांस मापकमा नेपाल कमजोर देखिएको छ। फोरमले १२ पिल्लरका ९८ सुचकको आधारमा प्रतिस्पर्धी सुचक निकालेको हो। जसमा संस्थागत शुसासन, पूर्वाधार, प्रविधि आत्मसात, माइक्रो इकनोमिक्स स्थायीत्व, स्वास्थ्य, सिप, वस्तु बजार, श्रम बजार, वित्तीय प्रणाली, बजारको आकार, व्यापारीक विविधता, अन्वेषण सक्षमता जस्ता पिल्लर रहेका छन्।

अधिकांस पिल्लरका सुचकमा नेपाल कमजोर देखिएको छ। फोरमको रिपोर्टअनुसार भूमी प्रसासनको गुणस्तर, वौद्धिक सम्पत्तिमा नेपाल कमजोर देखिएको छ। फोरमले यो सुचक निकाल्दा सुरक्षा, बौद्धिक सम्पत्ति अधिकार, सामाजिक पुँजी, शक्ती सन्तुलन, पारदर्शिता, सार्वजनिक प्रस्तुती र संस्थागत शुसासनलाई मापक बनाएको छ। त्यस्तै सडक, रेल, पानी तथा हवाई यातायात पूर्वाधार उपलब्धता तथा गुणस्तर, सुचना प्रविधिको प्रयोग र उपलब्धता, मूल्यबृद्धि र वित्तीय नीतिको स्थिरता पनि मापक रहेका छन्। औसत आयु,कुनै वर्ष जन्मिएका शिशुहरुको बाँच्न सक्ने औसत उमेर, सामन्य सीप, शिक्षाको गुणस्तर र संख्या, डिजिटल साक्षरता र सक्षमत सीपयुक्त जनशक्तीको उपलब्धता पनि यो सुचकांकका मापक रहेको सेतोपाटी अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु