फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री बेल्जियमका प्रधानमन्त्रीसँग भेट-वार्ता

(GMT+08:00) 2018-10-18 15:19:13
स्थानीय समय अनुसार हिजो अक्टोबरको १७ तारिखका दिन बेल्जियमको भ्रमणमा रहनुभएका चिनियाँ प्रधानमन्त्री ली खछ्याङले ब्रसेल्समा बेल्जियमका प्रधानमन्त्री चार्ल्स् मिचेलसँग भेटवार्ता गर्नुभएको छ।

बेल्जियम युरोपियन युनियनको स्थापना गर्ने सदस्य मुलुक रहेको र युरोपियन युनियनको मुख्यालय पनि हो। साथै चीनसँगको व्यापारिक सहयोग बेल्जियम युरोपियन युनियनका मुलुकहरूमध्येको छैठौं मुलुक हो। गएका केही वर्षयता चीन र बेल्जियमबीच विभिन्न क्षेत्रमा आदान-प्रदान तथा सहकार्य सम्बन्धी कार्यक्रमहरू छिटोरूपमा विकसित पारेको देखिन्छ।

सोहि दिन आयोजित वार्तामा प्रधानमन्त्री लीले चीन र बेल्जियम बेग्ला बेग्लै रूपमा आ-आफ्नो विशेष श्रोत प्रयोग गरी एकले अर्कालाई अझ बढी खुलापन गराउनुपर्ने र द्वीपक्षीय व्यापार तथा लगानीको स्तरलाई पनि अरू प्रगति उन्मुख बनाउनुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री चार्ल्सले बेल्जियम र चीन मिलेर युरोप-चीन सम्बन्धको विकासलाई झन् प्रयास गर्नुपर्ने भन्दै युरोप तथा चीनबीचको लगानी सम्बन्धी सम्झौता पत्रमा सकेसम्म छिटो हस्ताक्षर गरी यी दुई पक्षका उद्योग व्यवसायहरूले साझा जीतको आर्थिक नीतिको आधारमा फाइदा लिनका लागि थप प्रवर्द्धन गर्नुपर्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु