फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक पेटी एक मार्ग " ऊर्जाश्रोत मन्त्रीस्तरीय सम्मेलन तथा अन्तर्राष्ट्रिय ऊर्जा सुधार मञ्चप्रति चिनियाँ राष्ट्राध्यक्ष सीको अपेक्षा

(GMT+08:00) 2018-10-18 15:20:54

"एक पेटी एक मार्ग" ऊर्जा श्रोत मन्त्री स्तरीय सम्मेलन तथा अन्तर्राष्ट्रिय ऊर्जा श्रोत सुधार मञ्च आज अक्टोबरको १८ तारिखका दिन चीनको च्याङ सु प्रान्तको सु चाउ शहरमा आयोजित भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो सम्मेलनका लागि एउटा पत्र पठाई न्यानो स्वागत गर्नुभएको छ।

"एक पेटी एक मार्ग "को निर्माण गर्ने प्रस्ताव प्रस्तुत गरेको पाँच वर्षदेखि अन्तर्राष्ट्रिय समाजले यस प्रस्तावमा सहभागी भई समर्थन दिएको र अहिलेसम्म उल्लेखनीय उपलब्धी हासिल भएको पनि सीले औंल्याउनुभयो। विभिन्न मुलुकका जनतालाई फाइदा दिनका लागि "एक पेटी एक मार्गको प्रस्तावमा सहकार्यलाई अझ बढी गहन पारी विभिन्न पक्षसँग मिलेर साझा प्रयास गर्न चीन इच्छुक रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

ऊर्जाश्रोत सहकार्य "एक पेटी एक मार्ग " प्रस्तावको महत्वपूर्ण क्षेत्र रहेको र अन्तर्राष्ट्रिय ऊर्जाश्रोतको विकास तथा ऊर्जाश्रोत संरक्षणका लागि "एक पेटी एक मार्ग"को प्रस्ताव अनुसार श्रोत क्षत्रको सहकार्यलाई अझ सबल पार्न विभिन्न मुलुकसँग संयुक्तरूपमा अरू प्रगति गर्न चीन इच्छुक रहेको पनि राष्ट्रध्यक्ष सीले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु