फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-फिलिपिन्स दक्षिण चीन महासागर सम्बन्धी द्वीपक्षीय छलफल व्यवस्थाको तेस्रो सम्मेलन पैचिङमा आयोजना

(GMT+08:00) 2018-10-18 16:29:05

चीन-फिलिपिन्स दक्षिण चीन महासागर सम्बन्धी द्वीपक्षीय छलफल व्यवस्थाको तेस्रो सम्मेलन अक्टोबर 18 तारिख पैचिङमा आयोजना गरियो। चीनका उप परराष्ट्र मन्त्री खोङ श्युआन यौ र फिलिपिन्सका उप विदेश मन्त्री एनरिक्वे मानालोको नेतृत्वमा दुवै देशका प्रतिनिधि मण्डल बेग्ला बेग्लै गरी सम्मेलनमा सहभागी भएका छन्।

चीन-फिलिपिन्स दक्षिण चीन महासागर सम्बन्धी द्वीपक्षीय छलफल व्यवस्थाको सम्मेलन चीन र फिलिपिन्सका राष्ट्रनायक बीच गत सन् 2016 मा सम्पन्न महत्वपूर्ण मतैक्यतालाई व्यवहारमा उतार्नका लागि स्थापना गरिएको हो। जुन दक्षिण चीन महासागरको सम्बद्ध समस्यासँग सम्बन्धित रहेको द्वीपक्षीय व्यवस्थात्मक सम्झौता-वार्ता चौतारो पनि हो।

आजै आयोजित तेस्रो सम्मेलनमा दुवै देशका राष्ट्रिय प्रतिरक्षा, प्राकृतिक उर्जा-स्रोत, वातावरणीय संरक्षण, मत्स्य व्यवसाय र समुद्री प्रहरी आदि विभागका प्रतिनिधिहरूले वर्तमान दक्षिण चीन महासागरको परिस्थिति तथा आ-आफ्नो चासो भएका विषयहरूबारे वैचारिक आदान-प्रदान गरेका छन्।

जानकारी तथा लेखहरु