फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदूरपश्चिमका महिला जडीबुटी खेतीबाट आत्मनिर्भर

(GMT+08:00) 2018-10-21 15:26:34

सुदूरपश्चिम कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समुहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका छन्। सात समुहमा आवद्ध करीब ४० महिलाले दुई विघामा मेन्था खेती गरेर तीन महिनाको अवधिमै रु एक लाख ५६ हजार १६६ रकम आम्दानी गरेका छन्।

उनीहरुले आम्दानी भएको रकममध्ये १० प्रतिशत अर्थात रु १५ हजार ६४६ रकम कोषमा जम्मा गरेका छन्। आम्दानीको बाँकी हुनआउने रु एक लाख ४० हजार ८१९ बाँडेका छन्।

घर खर्चका लागि पहिला श्रीमान् कै मुख ताक्नु पर्ने अवस्था थियो स्थानीय भोटनी चौधरीले भन्नुभयो, "हाल जडीबुटी खेती गर्न थालेपछि घर खर्च आफैँ चलाउन थालेका छौँ।"

घर खर्चका लागि जडीबुटीको रकमले धान्न थालेपछि श्रीमान्लाई पकेट खर्चसमेत दिन थालेका छौँ उहाँले भन्नुभयो, "पहिला श्रीमान्सँग खर्च माग्थ्यौँ अब श्रीमान्लाई कमाएर दिनथालेका छौँ।"

जडीबुटी खेतीबाट गतिलो आम्दानी हुनथालेपछि श्रीमान् तथा घरपरिवारले समेत सहयोग गर्नथालेको रोहिना ओखेडाले बताउनुभयो।

मेन्था, क्यामामाइल र असारे प्रशोधन गरी तेल निकालेर बिक्री गरेर आएको आम्दानीले यहाँका महिलाले घर खर्चसँगै बालबालिकाको विद्यालयको खर्चसमेत धान्ने गरेका छन्। मेन्थाको प्रशोधित तेल रु दुई हजार २०० मा बिक्री हुने गरेको छ। थोरै जग्गामा मेन्था खेती गरेका महिलाले यस वर्ष धेरै जग्गामा खेती गर्ने सोच अघि सारेका गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु