फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रमुख बालीको समर्थन मूल्य तोक्न माग

(GMT+08:00) 2018-10-22 16:57:52

राष्ट्रिय किसान आयोगले प्रमुख बाली धान, मकै, कोदो, फापर, गहुँ, उखु जस्ता बालीको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ। आयोगको विशेष पहलमा कृषि तथा पशुपक्षी मन्त्रालयले हालै धान र उखुको न्यूनतम समर्थन मूल्य तोकेको थियो। मकै र गहुँको पनि समर्थन मूल्य निर्धारण हुने क्रममा रहेको बताइएको राससले जनाएको छ।

आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बालीका समर्थन मूल्यले किसानलाई ठूलो आर्थिक राहत पुग्ने बताए। आयोगका अनुसार ६६ प्रतिशत नागरिक जीविकोपार्जनका लागि कृषिमा आश्रित रहेका छन्। कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ दशमलव ८ प्रतिशत छ। विसं २०७३ माघ ६ गते आयोग गठन भएको थियो। आयोगले किसानका समस्या सम्बोधन गर्न अनुगमनसमेत गर्दै आएको छ।

किसानका लागि सञ्चालित विकास आयोजनाको अनुगमन तथा नीति निर्माण तहमा किसानको प्रतिनिधित्वको शुरुआत आयोगमार्फत नै भएको र किसानको सहभागिताले उनीहरुलाई नयाँ प्रविधि सिक्न तथा नीति निर्माण तहको सहभागिताले आफ्ना समस्या सम्बोधन गर्न बल मिलेको पनि अध्यक्ष श्रेष्ठले बताए।

आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन कार्यक्रमको स्थलगत अवलोकन गरी थप सुधारका लागि सुझाव दिएको छ। यसैगरी आयोगले उखु उत्पादन किसान र चिनी उद्योग व्यवसायीबीच चिनीको मूल्य निर्धारण गर्न समन्वय गरेको, किसानलाई मल, बीउबिजन सहजरुपमा उपलब्ध गराउन समन्वय गरेको र कृषि बीमा पहुँच ग्रामीण तहसम्म पु-याउने लगायतका कार्य सम्पादन गरेको जनाएको छ।

जानकारी तथा लेखहरु