फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वका उत्कृष्ट घुम्नलायक सहरमा काठमाण्डु

(GMT+08:00) 2018-10-23 16:38:33

सन् २०१९ मा विश्वका घुम्नलायक उत्कृष्ट १० सहरको सूचीमा काठमाण्डु पनि परेको छ। विश्वका उत्कृष्ट १० सहरमध्ये काठमाण्डु पाँचौं नम्बरमा परेको हो।

लोन्ली प्लानेटले निकालेको घुम्नलायक उत्कृष्ट १० सहरको सूचीमा पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन परेको छ। दोस्रोमा चीनको शनचन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा अमेरिकाको फ्लोरिडाको मियामी र पाँचौमा नेपालको राजधानी काठमाण्डु परेको हो।

काठमाण्डुले मेक्सिको मेक्सिको सिटी, सेनेगलको डकार, अमेरिकाको सियाटल, क्रोएसियाको जडार र मोरक्कोको मेकनेस सहरलाई समेत पछि पारेको छ।

काठमाण्डुलाई हिमाल प्रवेश गर्ने ढोकाका रूपमा उल्लेख गर्दै भूकम्पको तीन वर्षपछि काठमाण्डु पर्यटकहरूलाई स्वागत गर्न तयार रहेको लोन्ली प्लानेटले जनाएको छ। साथै हर्न तथा ऐतिहासिक क्षेत्रहरूमा गाडी प्रवेश निषेध गरिएको, मध्यकालीन वास्तुकलाले सजिएको भनेर काठमाण्डु सहरको लोन्ली प्लानेटले वर्णन गरेको छ।

जानकारी तथा लेखहरु