फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च प्रविधिबाट बाली अनुसन्धान गर्दै नार्क

(GMT+08:00) 2018-10-23 16:38:54

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले उच्च प्रविधिबाट विभिन्न बालीको अनुसन्धान गर्न थालेको छ। नार्कले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरामा 'रेन आउट सेल्टर'निर्माण गरी उच्च प्रविधिबाट अनुसन्धान गर्न सुरु गरेको कारोबार दैनिकले लेखेको छ।

पानीका कारण सुक्खा जमिनमा गर्नुपर्ने अधिकांश अनुसन्धान प्रभावित हुँदै गएपछि नार्कले यो समस्या समाधानका लागि रेन आउट सेल्टर निर्माण गरेर उच्च प्रविधिबाट अनुसन्धान गर्ने योजना अघि सारेको नेपाल कृषि अनुसन्धान परिषद खजुराका क्षेत्रीय निर्देशक एवं बरिष्ठ वैज्ञानिक गोविन्द केसीले जानकारी दिएका छन्।

निर्देशक केसीका अनुसार अनुसन्धानका क्रममा एक्कासी आउने पानीले वीउवीजन नष्ट गरिदिने, विभिन्न रोग लाग्नेजस्ता समस्या देखिँदा नार्कको अनुसन्धान नै प्रभावित हुँदै आएको थियो। यसैका लागि नार्कले अबदेखि सही र तथ्यपूर्ण नतिजा निकाल्ने गरी उच्च प्रविधिको प्रयोग गर्न लागेको उनको भनाइ छ। उच्च प्रविधिको प्रयोगसँगै अनुसन्धानमा सहजता आउने र किरा, पानी तथा विभिन्न रोगको संक्रमण झेल्न नपर्ने भएको छ।

नार्कले विभिन्न तरकारी बाली तथा उन्नत जातका वीउवीजनको अनुसन्धानका क्रममा पानीका कारण सास्ती बेहोर्नुपरेको छ। खुला जमिनकै कारण कार्यतालिका अनुसार अनुसन्धान गर्दै आएको भए पनि काम प्रभावित हुन थालेपछि उच्च प्रविधिको प्रयोग सुरु गरेको नार्कले जनाएको छ। रेन आउट सेल्टर निर्माणपछि मापदण्ड अनुसार अनुसन्धान गर्न सकिने र अनुसन्धान पनि उपलब्धिमूलक हुने कृषि अनुसन्धान परिषद्को खजुरास्थित क्षेत्रीय कार्यालयले जनाएको छ।

जानकारी तथा लेखहरु