फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साझाले भित्र्याए चिनियाँ विद्युतीय बस

(GMT+08:00) 2018-10-23 17:14:02

चीनमा निर्मित पाँच वटा बिवाईडी सि ६ मार्काको विद्युतीय बस आज बिहान काठमाण्डौँमा नेपालको साझा यातायात कम्पनीलाई हस्तान्तरण गरिएको छ। योसँगै नेपालमा विद्युतीय बसको इतिहास सुरु भएको छ।

आजको हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बिवाईडी एशिया तथा प्रशान्त महासागर क्षेत्र कार्यालयका गर्भनर लिउ स्वे ल्याङले भन्नुभयो:

हामीले हाम्रो सबैभन्दा राम्रो वस्तु, प्रविधि र सेवा नेपालीलाई दिनेछौँ। हाम्रो संयुक्त प्रयासमा नेपालको आकाश अझै सफा हुने र नेपालीको जीवन अझै राम्रो हुने हाम्रो विश्वास छ। समारोहमा नेपालमा विद्युतीय यातायात सुरु भएकोमा बधाइ दिँदै नेपालका लागि चिनियाँ अस्थायी कार्यावाहक काउन्सिलर चाङ फानले भन्नुभयो:

सर्वप्रथम ऊर्जा प्रतिबद्धता र वातावरणको संरक्षणका लागि नेपाल सरकारलाई बधाई छ। पेट्रोलियम पदार्थको प्रयोगबाट जलवायु परिवर्तनमा धेरै नै असर पार्दै आएको छ। यसरी विद्युतीय बस सञ्चालनबाट हामीले वातावरणको संरक्षण गर्न सक्षम हुने छौं।

साथै सार्वजनिक विद्युतीय यातायात बस शुभारम्भ भएको आजको शुभ दिनमा नेपाल सरकारले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना समेत सार्वजनिक गरेकोमा धेरै खुशी लागेको छ।

समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विद्युतीय यातायातको विकास गर्ने अठोट गर्दै भन्नुभयो:

हामीले आधारभुत रूपमा लोडसेडिङलाई समाप्त पार्या छौं। आगामि केहि वर्षमा जलविद्युतमा सम्पूर्ण रूपमा स्वनिर्भर हुने छौं। वातावरण र जन स्वास्थ्यलाई हानी पुर्याउने पेट्रोलियम पदार्थको ठाउँमा आफ्नै मुलुकमा उत्पादन भएको जल विद्युतले अर्थतन्त्र, वातावरण र जनसवास्थ्य सकारात्मक परिवर्तन ल्याउने छ। लाभ पुग्ने छ।

सार्वजनिक यातायातमा यसको प्रयोगले महङ्गी बढाउने र सर्वत्र महङ्गी बढाउने योगदान गर्ने यस्तो पेट्रोलियम पदार्थलाई आफ्नै विद्युतबाट चल्ने सवारी साधनले विस्थापित गर्दैजाने छ।

हस्तान्तरण समारोहलगत्तै प्रमुख अतिथि प्रधानमन्त्री ओलीसहित विशिष्ट अतिथिहरु समारोहस्थल साझा यातायातको केन्द्रीय कार्यालय पुल्चोकबाट बिवाईडी सि ६ विद्युतीय बस चढेर सिंहदरबारसम्म यात्रा गर्नुभएको थियो।

जानकारी तथा लेखहरु