फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दैनिक ५ अर्ब लगानी

(GMT+08:00) 2018-10-25 16:39:08

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी दैनिक पाँच अर्ब हाराहारी पुगेको छ। गत भदौसम्म २४ खर्ब ३६ अर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले कात्तिक ७ गतेसम्म त्यसलाई बढाएर २५ खर्ब ८७ अर्ब रुपैयाँ पुर्‍याएको राष्ट्र बैंकले जानकारी दिएको छ।

बैंक तथा वित्तीय संस्थाले उक्त अवधिमा एक खर्ब ५१ अर्ब लगानी गरेका छन्। बैंकहरू लगानीमा आक्रामक देखिएपछि यसको असर लगानीयोग्य पुँजीमा परेको अन्नपूर्ण पोस्टले लेखेको छ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) घटाएर तरलतालाई सहज बनाएको थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा चार प्रतिशत सीआरआर कायम गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै राष्ट्र बैंकले एसएलआर वाणिज्य बैंकका लागि १० प्रतिशत, विकास बैंकको आठ प्रतिशत र वित्त कम्पनीको सात प्रतिशतमा झारेको थियो। राष्ट्र बैंकले लगानीयोग्य पुँजीका लागि यो व्यवस्थासहित हेजिङ फन्टको सुविधा उपलब्ध गराउने भनिए पनि त्यो व्यवस्था अहिलेसम्म लागू हुन सकेको छैन।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८० प्रतिशतभन्दा बढी नाघ्न नहुने व्यवस्था गरेको छ। राष्ट्र बैंकको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले एक सय रुपैयाँ निक्षेप संकलन गरे भने ८० रुपैयाँमात्र लगानी गर्न पाउँछन्।

बैंक तथा वित्तीय क्षेत्रले लगानी बढाएपछि यसको असर लगानीयोग्य पुँजीमा पर्न थालेको छ। बैंकसँग अहिले पनि अघिल्ला वर्षजस्तै लगानीयोग्य पुँजीको दबाब पर्न थालेको छ। समयमा सरकारले पुँजीगत खर्च गर्न नसक्दा यसको असर बैंक तथा वित्तीय क्षेत्रको लगानीमा देखिएको थालेको हो। लगानीयोग्य पुँजी अभाव भएपछि कर्जाको ब्याजदर घट्ने आशमा बसेका उद्यमी व्यवसायी निरास बनेका छन्।

बैंक तथा वित्तीय संस्थाले भदौमात्रै हायर पर्चेजमा एक अर्ब २३ करोड लगानी गरेका छन्। गत साउनमा सो क्षेत्रमा एक खर्ब ७३ अर्ब ३५ करोड रहेको बैंक तथा वित्तीय क्षेत्रको लगानी बढेर एक खर्ब ७४ अर्ब ५९ करोड पुगेको छ। त्यस्तै डेरिभेटिभ क्षेत्रमा भदौसम्म एक खर्ब ३८ अर्ब ७४ अर्ब पुगेको छ। बैंक तथा वित्तीय क्षेत्रले रियल स्टेट, निजी आवास कर्जा, बिल पर्चेजलगायत सबै क्षेत्रमा वित्तीय क्षेत्रमा लगानी गरेका छन्।

जानकारी तथा लेखहरु