प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आगामी नोभेम्बर 5 तारिख चीनको शाङ्गहाईमा आयोजना गरिनेछ। पाकिस्तानी प्रधानमन्त्री इम्रान खानले सरकारी उच्च प्रतिनिधि मण्डलको नेतृत्व गरेर उद्धाटन समारोहमा सहभागी हुनुका साथै सम्बोधन पनि गर्नुहुने कार्यक्रम छ। पाकिस्तानका लागि चिनियाँ दुतावासका आर्थिक-वाणिज्य काउन्सिलर वाङ च ह्वाले हालै हाम्रा सम्वाददातालाई अन्तर्वार्ता दिंदै पाकिस्तानले यस एक्स्पोमा उच्च महत्व दिनुका साथै पाकिस्तानका श्रेष्ठ उत्पादित वस्तुलाई लिएर सो एक्स्पोमा सहभागी हुने जानकारी दिनुभएको छ।
काउन्सिलर वाङका अनुसार, 10 भन्दा बढी पाकिस्तानी व्यवसाय आयात एक्स्पोको व्यवसाय-वाणिज्य प्रदर्शनीमा सहभागी हुने छन् भने अन्य 50 भन्दा बढी व्यवसायहरू चीन र पाकिस्तान दुवै देशका व्यवसायहरू बीचको आपूर्ति र चाहना सम्बन्धी सम्पर्क गतिविधिमा सहभागी हुने छन्। यसबाहेक, पाकिस्तानले उदियमान पाकिस्तान भन्ने मुख्य नारा रहेको एउटा राष्ट्रिय प्रदर्शनीको आयोजना गर्न खोजेको छ। जुन मुख्य अतिथि मुलुकका लागि प्रदान गरिने विशेषतायुक्त अवसर पनि हो।
बितेका केही वर्षयता विशेषत: सन् 2015 राष्ट्राध्यक्ष सी चिन फिङले पाकिस्तानको राजकीय भ्रमण गर्नुभए यता दुई देश बीचको हरपलको रणनैतिक सहयोगी साझेदारी सम्बन्धलाई अझ उकासिनुका साथै द्वीपक्षीय आर्थिक-व्यापारिक सहकार्यले पनि विकासको नयाँ चरणमा प्रवेश गरेको देखिन्छ।