फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विभिन्न सहरमा नेपालमा उत्पादित बाँसको मुडाको माग बढ्दै

(GMT+08:00) 2018-10-31 15:07:06

चीनको विभिन्न सहरमा नेपालमा उत्पादन गरिएको बाँसको मुडाको माग बढ्दै गएको छ। गत वर्षको तुलनामा यो वर्ष बाँसको मुडा निर्यात बढेको छ। रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो तीन महिनामा २९ लाखभन्दा बढीको मुडा चीन निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेले जनाएको छ।

नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर २९ लाख चार हजार आठ सय २५ रुपयाँ बराबरको चीन निर्यात गरिएको हो। गत साउनदेखि असोज मसान्तसम्ममा १० हजार पाँच सय ३६ वटा मुडा चीन निर्यात भएको कान्तिपुर अनलाइनले जनाएको छ।

ती मुडा चीनको ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्री लैजाने गरिएको केरुङमा रहेका नेपाली व्यावसायी पुरुषोत्तम पौडेलले बताउनुभयो। सुनसरी, काठमाडौं र धादिङको कारगारमा उत्पादित मुडा चीन लैजाने गरिएको छ।

आर्थिक वर्ष २०७३–०७४ मा एक करोड २० लाख १५ हजार रुपैयाँ बराबरको २१ हजार चार सय ५५ वटा र गत वर्ष ३१ लाख २० हजार मूल्य बराबरको १२ हजार आठ सय ८० वटा मुडा निर्यात भएको कार्यालयको तथ्यांक छ। यो नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यात हुन्छ।

कार्यालयका अनुसार आर्थिक वर्षको पहिलो तीन महिनामा आठ हजार १३ किलो काठको क्यारझुल, एक हजार दुई सय ९३ किलो ह्यान्डिक्रफ्ट, नौ सय २५ किलो काठका विविध सामग्री, ५० किलो बाँसको नाङ्लो, एक सय ४४ किलो बुद्ध चित्त माला र ५० किलो रुद्राक्ष निर्यात भएको छ। यो नाका हुँदै सामान निर्यात हुने क्रम बढेको प्लान्ट क्वारेन्टाइनले जनाएको छ।

जानकारी तथा लेखहरु