फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीच भएको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

(GMT+08:00) 2018-10-31 15:08:25

ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ। मंगलबार साँझ सम्पन्न मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३-० गोलले पराजित गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ।

नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक/एक गोल गरेका थिए। एन्फाका अनुसार खेलको १६औं मिनेटमा सावित्राले गोल गरेकी थइन्। दीपाले ५५औं तथा इन्दिराले ८२औं मिनेटमा गोल गरेका थिए। तीन मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत शुक्रबार चीन गएको हो।

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन्। प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र,टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली छन्। ओलम्पिकको एसियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यानमा र बंगलादेश छन्। नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यानमा र २७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रूपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल र पुनम मगर छन्। यसैगरी मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेको नेपालखबर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु