फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्को एउटा जलविद्युत परियोजना बिजुली उत्पादनका लागि तयार हुँदै

(GMT+08:00) 2018-10-31 15:09:20

पश्चिमाञ्चलको बागलुङस्थित ताराखोला गाउँपालिकालाई उज्यालो गाउँको रूपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको ताराखोला साना सामुदायिक जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्रोत जुटाउन नसकी निर्माण सुरु नहुँदा अन्योल सिर्जना भएको उक्त आयोजना निर्माणका लागि स्थानीयको सेयर सङ्कलन र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट अनुदान प्राप्त भएपछि निर्माणको कामले गति लिएको हो।

उक्त आयोजना निर्माणका लागि ताराखोला गाउँपालिकाभित्र पर्ने साविकका हिल, अर्गल र ताराखोलाका स्थानीयले करिब चार करोड रुपियाँ सेयर सङ्कलन गरेका छन्। करिब १३ करोड रुपियाँलागत अनुमान गरिएको उक्त आयोजना सम्पन्न गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट अनुदान प्राप्त गर्न ढिलाइ हुँदा लागत बढ्न सक्ने आयोजनाले जनाएको छ।

आयोजना सम्पन्न गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट नौ लाख ९६ हजार रुपियाँ अनुदान प्राप्त भएको र अन्य अपुग रकम साविक तीन गाविसका एक हजार छ सय जना सेयर सदस्यबाट सेयर सङ्कलन गरिएको आयोजनाका इञ्जिनियर डिलबहादुर थापाले बताउनुभयो।

गोरखापत्र अनलाइनका अनुसार ताराखोलाको मपेसखोला र ठूलोखोलाको पानी सङ्कलन गरेर विद्युत् उत्पादन गर्न थालिएको उक्त आयोजनाको नौ सय मिटर कुलो, एक हजार १२० मिटर पाइपलाइन, पानी सङ्कलनका लागि ड्याम निर्माण सम्पन्न भइसकेको र पावरहाउस तथा अन्य मेसिनरी औजार जडानको काम भइरहेकाले आगामी मङ्सिरभित्र भौतिक संरचना निर्माणको काम सम्पन्न गरी वैशाखभित्रै विद्युत् उत्पादन हुने इन्जिनियर थापाले बताउनुभयो।

जानकारी तथा लेखहरु