फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लोपोन्मुख र दुर्लभ वन्यजन्तु संरक्षणमा नेपालको उपलब्धीबारे बेलायती संसदमा छलफल हुने

(GMT+08:00) 2018-10-31 15:10:16

नेपालले लोपोन्मुख र दुर्लभ वन्यजन्तु संरक्षणमा विगतका वर्षहरुमा प्राप्त गरेको सफलता संसारमै अग्रणी र उदाहरणीय रहेको भन्दै बेलायतको संसदमा छलफल हुने भएको छ। यस सम्बधिको प्रस्ताव वेलायतको संसदमा दर्ता भई सकेको र नेपालको यो सफलता सम्बन्धि छिटै संसदमा छलफल हुनेछ।

लन्डनस्थित नेपाली दूतावासको आयोजनामा नेपाल विकास कन्फेरेन्सको तेस्रो शृंखला बेलायती विदेश मन्त्रालयका उच्च पदस्थ अधिकारी, बेलायती सांसद तथा नेपाल विकास सम्बन्धि विज्ञ तथा जानकारहरुको सहभागितामा सम्पन्न भएको हो। आफ्नो मन्तव्यको अधिकतम समय नेपालको वन्यजन्तु संरक्षण सफलता सम्बन्धि प्रशंसामा खर्चिएका सांसद म्यानले तथ्य र प्रमाणहरुले नै नेपाल संसारका अरु देशहरु भन्दा यो मामिलामा अग्रणी रहेको पुष्टी भईसकेको बताउनुभयो। 'वन्यजन्तु संरक्षणमा नेपालले कसरी यस्तो सफलता प्राप्त गर्न सक्यो तपाईँ नेपालीले अरूलाई सिकाउनुपर्‍यो यो कसरी सम्भव छ', संसारका अन्य देशले नेपालको सिको गर्नु पर्ने भन्दै उहाँले आफ्नो मन्तब्यमा आफूहरूले वेलायती संसदमा समेत यस सम्बन्धि प्रस्ताव दर्ता गरिसकेको र यसमा छिट्टै बहस समेत हुने आश्वासन दिनुभयो।

विश्वका कतिपय देशमा चोरी शिकारी रोकथाम गर्न नसक्दा बाघ, गैडा जस्ता लोपोन्मुख जनावर अस्तित्वको संकटमा परिरहेको बेला नेपालमा बाघको संख्यामा झन्डै दोब्बर वृद्धि हुनु अत्यन्तै प्रशंसायोग्य रहेको कुरा उहाँले बताउनुभएको सेतोपाटी अनलाइले लेखेको छ।

जानकारी तथा लेखहरु