फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा प्रथम प्याराग्लाइडिङ एकुरेसी विश्वकप (स्पोट ल्याण्डिङ) शुरू

(GMT+08:00) 2018-11-02 14:37:16

पश्चिमाञ्चलको स्याङ्जामा प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी विश्वकप (स्पोट ल्याण्डिङ) शुरू भएको छ। प्रतियोगितामा भारत, चीन, अमेरिकालगायत २१ देशका १ सय २० जना प्याराग्लाइडिङ पाइलटहरूले सहभागिताको लागि आफ्नो नाम दर्ता गराएका छन्।

पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ वटा स्वर्ण पदकका लागि प्रतिस्प्रर्धा हुने भएको छ। अझै केही राष्ट्रका प्याराग्लाइडिङ पाइलटहरूले आफ्नो नाम दर्ता गराउँदै गरेको उनले बताइन्। प्रतियोगिताको औपचारिक प्रतिस्प्रर्धा भने शुक्रबारदेखि हुने भएको हो।

प्रतियोगितामा १सय ५० जना सम्मका खेलाडीहरू सहभागी गराउन सकिने भएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए। उक्त प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न एफएआईका प्रतिनिधिको ३ सदस्य टोली समेत प्रतियोगिता स्थल आएको संघका महासचिव समेत रहेका राउतले बताए। पोखरामा यस अघि १७ औं संस्करणसम्म खुल्ला नेपाल प्याराग्लाइडिङ र पोखरा तथा स्याङ्जाको स्वरेकमा प्रि–वल्र्ड कप भएकोले गर्दा यस वर्ष प्याराग्लाइडिङको वल्र्डकप भएको हो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने व्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन्। प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाँको हुने संयोजकले बताएको कारोबार अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु