फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारले अन्य चारवटा मुलुकसँग श्रम सम्झौता गर्ने

(GMT+08:00) 2018-11-02 14:39:24
सरकारले मलेसियाजस्तै अन्यदेशसँग पनि श्रम सम्झौता गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, ओमान, मौरिसस र साउदी अरबसँग मलेसियाकोजस्तै एमओयू गर्ने तयारी गरेको गोरखापत्र अनलाइनले जनाएको छ।

मन्त्रालयका सचिव महेश दाहालले ती देशसँग मलेसियाको जस्तैगरी सरकारीस्तरबाट एमओयू गर्नेगरी कूटनीतिक पहल शुरू गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल सरकारले मलेसियापछि कतारसँग एमओयूको तयारी गरेको छ।

यसका लागि दुवै देशबीच प्राविधिक रूपमा कागजात आदान–प्रदान गरी सैद्धान्तिक सहमति भइसकेको छ । त्यस्तै श्रमसम्बन्धी समझदारीको विषयमा छलफल गर्न कतारको एक टोली अर्को साता नेपाल आउँदैछ । मङ्सिरको पहिलो साता नेपाली टोली कतारमा गएर छलफलको तयारी गरेको सचिव दाहालले जानकारी दिनुभयो । कतारसँग पहिले भएका समझदारी तथा पहिलेको प्रक्रियालाई संशोधन गर्दै नयाँ श्रम समझदारी गर्ने तयारी मन्त्रालयको छ । मन्त्रालयका अनुसार नेपाली श्रमिकले कतारका श्रमिकसरहको सेवा सुविधा पाउनुपर्छ भन्ने माग राखेको छ।

जानकारी तथा लेखहरु