फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी नेपालमा भन्सार नाका थप्ने नेपाल सरकारको तयारी

(GMT+08:00) 2018-11-03 15:38:51

सरकारले पूर्वमा भन्सार नाका थप्ने तयारी गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले भन्सार नाका थप गर्न भारत सरकारसँग छलफल भइरहेको बताउनुभएको हो। मोरङ व्यापार संघ विराटनगरको साधारणसभामा शुक्रबार बोल्दै विराटनगर र जोगबनी नाकाको जामको विकल्पमा रंगेली र सुनसरीलगायत क्षेत्रमा नाका विस्तार गर्न छलफल भइरहेको बताउनुभएको हो।

उहाँले अन्तर्राष्ट्रिय व्यापार सहजताका लागि भन्सार नाका थप्नुको विकल्प नभएको जनाउनुभयो। 'अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि बंगलादेशसँग पनि सम्झौता गर्ने तयारी भइरहेको छ,' खतिवडाले भन्नुभयो, 'सम्भावनायुक्त बंगलादेशबाट समुद्रीमार्गबाट अन्य देशमा पनि व्यापार गर्न सहज हुने हाम्रो विश्वास छ।'

मुलुकको अर्थतन्त्रको ८५ प्रतिशत उपभोग घरायसी र निजी क्षेत्रबाट हुने गरेको उहाँले उल्लेख गर्नुभयो। मुलुकको पुँजीगत खर्च ३ खर्ब ३१ अर्ब होला र त्यो भोलि गएर ५ खर्ब हुन सक्ने उहाँले बताउनुभयो । तर त्यो निजी क्षेत्रले मुलुकमा गरेको लगानीको एक तिहाइ मात्रै भएको खतिवडाको भनाइ थियो।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले प्रदेश सरकार उद्योगी व्यवसायीको मर्म र भावना बुझेर अघि बढिरहेको बताउनुभयो । अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले मुलुकको आर्थिक तरलता व्यवस्थापनका लागि सरकारले स्थानीय तहहरूमा रहेको बैंकमा राजस्व बाँडफाँटको आधा रकम राख्न निर्देशन दिएको कान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु