फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र थाईल्याण्डबीच ४७ वर्षअघि भएको हवाई सम्झौता नवीकरण

(GMT+08:00) 2018-11-03 15:42:14

नेपाल र थाईल्याण्डबीच ४७ वर्षअघि भएको हवाई सम्झौता नवीकरण भएको छ। सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नवीकरण गरेसँगै नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका छन्।

पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, को-अपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राष्ट्रिय उड्डन संगठन (आइकाओ) ले निर्दिष्ट गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको हो।

थाइल्याण्डको बैंककमा शुक्रबार भएको प्रारम्भिक सम्झौतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाइल्याण्डको नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकामानोपले हस्ताक्षर गरे।

सम्झौताअनुसार एक सातामा दुवै पक्षले २८ उडान गर्नसक्ने र जुनसुकै वायुयान प्रयोग गर्न पाउने भएका छन्। यस्तै थाइ पक्षलाई काठमाडौंबाहेक नयाँ निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान गर्न प्रेरित गर्ने भनिएको छ। दुवै पक्षले मालवाहक उडान गर्दा कुनै पनि प्रकारको संख्याको सीमा नतोक्ने पनि सम्झौता पत्रमा उल्लेख भएको अनलाइन खबरले लेखेको छ।

अब नेपालका वायुसेवा कम्पनीहरुले दुई वटा दक्षिण एशियाली, दक्षिण पूर्वी एशियाली र उत्तर पूर्वी एशियाली मुलुकमा मध्यस्थ विन्दुको रुपमा तथा दुई वटा दक्षिण पूर्वी एशियाली, उत्तर पूर्व एशियाली र प्रशान्त क्षेत्रका मुलुकमा गन्तब्यपछिको विन्दुको रुपमा पाँचौं हवाई ट्राफिक अधिकार उपयोग गर्न पाउनेछन्।

जानकारी तथा लेखहरु