प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा बेल्ट एण्ड रोड सम्बद्ध ५८ मुलुकका ३ हजार व्यवसायहरूले भाग लिनेछन्। उक्त जानकारी एक्स्पोको प्रेस सम्मेलनबाट सार्वजनिक गरिएको हो।
प्राप्त जानकारी अनुसार, पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको राष्ट्रिय व्यापार लगानी प्रदर्शनमा जम्मा गरी ८२ वटा मुलुक तथा विश्व व्यापार संगठन लगायतका अन्तर्राष्ट्रिय संगठनले भाग लिने छन्। व्यवसाय तथा वाणिज्य प्रदर्शनमा जम्मा गरी १३० वटा मुलुक तथा क्षेत्रका ३ हजार वटा व्यवसायहरूले भाग लिने छन् र तीमध्ये बेल्ट एण्ड रोड सम्बद्ध ५८ मुलुकका १ हजार वटा व्यवसायहरूले भाग लिने छन् जुन एक्स्पोमा सहभागी व्यवसायहरूको कूल संख्याको एक तिहाई पुग्नेछ। प्रदर्शन हुने वस्तुहरूमा कृषि, दैनिक उपभोग्य वस्तु, लुगाफाटाहरू समावेश छन्।
चीनका उप वाणिज्य मन्त्री वाङ पिननानले जानकारी दिएअनुसार, चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो हालसम्म विश्वमा पहिलो आयात प्रधान राष्ट्रिय प्रदर्शनी हो र बेल्ट एण्ड रोडको अर्को महत्वपूर्ण टेवा पनि हो। आगामी १५ वर्षमा चीनमा आयात हुने उत्पादित वस्तुमा संलग्न रकम २४० खरब अमेरिकी डलर हुने अनुमान गरिएको छ।