फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो अन्तर्राष्ट्रिय व्यापार विकास इतिहासको एक ठूलो अग्रगामी अभियान हो: सी चिन फिङ

(GMT+08:00) 2018-11-05 10:21:22

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ५ तारिख शाङ हाईमा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई सम्बोधन गर्नुहुँदै यो हालसम्म कै विश्वमा आयात आधारित पहिलो राष्ट्रिय स्तरीय एक्स्पो भएको बताउनुभएको छ। साथै यो नै अन्तर्राष्ट्रिय व्यापार विकास इतिहासको एक ठूलो अग्रगामी अभियान भएको पनि औंल्याउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङले आयात एक्स्पो चीनले अर्को नयाँ चरणको उच्च स्तरीय सुधार तथा खुलापन बढाउने महत्वपूर्ण नीति हुनुका साथै यो चीनले विश्वलाई सक्रिय रुपमा बजार खुला गर्ने ठूलो कदम भएको बताउनुहुँदै त्यसबाट बहु-पक्षीय व्यापार प्रणालीको समर्थन दिने र स्वतन्त्र व्यापारको विकास गर्ने चीनको निरन्तर अडान देखिएको व्यक्त गर्नुभयो।

सो एक्स्पो चीनले खुला तरिकामार्फत विश्व अर्थव्यवस्थाको निर्माण बढाउने र अर्थतन्त्रको विश्वव्यापीकरणको समर्थन दिने व्यावहारिक कार्य भएको पनि सीले बताउनुभयो।

जानकारी तथा लेखहरु