फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा भावी पन्ध्र वर्षभित्र चार सय खर्ब अमेरिकी डलरको सामान तथा सेवा भित्र्याइने

(GMT+08:00) 2018-11-05 11:02:42

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले शाङहाईमा आयात एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै भावी पन्ध्र वर्षभित्र आयात गर्ने सामान तथा सेवाको परिमाण रकम क्रमशः तीन सय खर्ब र एक सय खर्ब अमेरिकी डलर पुग्ने अनुमान गर्नुभएको छ। यसका साथै चीनले आयात पक्षमा मौजूद निहित शक्तिलाई उकास्ने, बजारमा प्रवेश गर्ने मापदण्डलाई निरन्तर खुला पार्ने, अन्तर्राष्ट्रिय उन्नतिशील कारोबार वातावरण सिर्जना गर्ने, नयाँ वैदेशिक खुलस्त स्तर बनाउने र बहुपक्षीय तथा द्विपक्षीय सहयोगको गहन विकासलाई बढाउने पक्षमा महत्व दिँदै चीनको विस्तृत खुलापन स्तरलाई बढाउने पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीले अगाडी भन्नभुयोः क्षेत्रीय सकारात्मक आर्थिक साझेदारी सम्बन्धबारेको सम्झौता पत्र छिटो सम्पन्न गर्न, चीन-यूरोप लगानी बारेको सम्झौता वार्तालाई यथाशिघ्र बढाउन र चीन-जापन-गणतन्त्र कोरिया स्वतन्त्र व्यापारिक क्षेत्रबारेको सम्झौता प्रक्रियालाई बढाउन चीन इच्छुक रहेको छ।

जानकारी तथा लेखहरु