चीनले शाङहाईलगायत धेरै शहरहरूलाई अझ खुलस्त बनाउन तीन वटा राजनैतिक नीति सार्वजनिक गरेको छ।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर ५ तारिख शाङहाईमा चीनले शाङहाई स्वतन्त्र व्यापारिक परीक्षण क्षेत्र तथा नयाँ क्षेत्रको स्थापना गर्ने घोषणा गर्नुभएको छ।
चीनमा अझ बढी त्यस किसिमका क्षेत्रको विस्तार तथा प्रचारप्रसार गर्नसकिने र लगानी तथा व्यापारिक स्वतन्त्रता तथा सुविधाकरणलाई बढाउने अनुभव संकलन गर्न शाङहाईको समर्थन गर्न तथा प्रेरणा लिन यस्तो कार्वाहि चालिएको हो। साथै चीनले शाङहाईलाई अन्तर्राष्ट्रिय बैंकिङ केन्द्र र वैज्ञानिक प्राविधिक आविष्कार केन्द्र बनाउन समर्थन गर्ने, शाङहाई, च च्याङ तथा च्याङ सु प्रान्तलाई एकीकृत विकास गरी राष्ट्रिय रणनीतिमा राखिने छ। यसले "एक बेल्ड र एक रोड"को निर्माण, पैचिङ-थ्येन चिन तथा ह पै प्रान्तको संयुक्त विकास, छाङ याङ आर्थिक क्षेत्रको विकास तथा क्वाङ तु, हङकङ तथा मकाउको निर्माणसित पारस्परिक सहयोग गरी चीनको सुधार तथा खुलापनको ठाउँ बनौटलाई पूर्णता दिलाउनेछ।